पर्यटन प्रवद्र्धनमा भलिबल

0
Shares

लमजुङ, (नेस)।

जिल्ला भलिबल संघ लमजुङको आयोजनामा बेसीशहरमा दोस्रो पालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ। नेपाल भ्रमण बर्ष २०२० लाई मध्यनजर गरेर आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्नका लागी प्रतियोगिता गर्न लागिएको जिल्ला भलिबल संघका अध्यक्ष दिवाकर बरालले बताउनुभयो।

फागुन ५ देखि ७ गतेसम्म हुने प्रतियोगितामा विजेताले ५० हजार, दोस्रोले ३० हजार र सेमिफाइनलमा हार्ने २ टिमले १०/१० हजार रुपियाँ पाउनेछन्।प्रतियोगिता अवधिभर ५ लाख २८ हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ।