नेक्ससलाई उपाधि

0
Shares

काठमाडौं, (नेस)।

नेक्सस इन्टरनेसनल एकेडेमीले डिफेन्डिङ च्याम्पियन ग्लोबल पब्लिक स्कुललाई २–१ ले हराएर नवौं फिजम कप अन्तरविद्यालय छात्र फुटबलको उपाधि जितेको छ।

पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा भएको फाइनलमा दिपेन कट्वाल र किरण चन्दले गोल गरेपछि नेक्ससले उपाधि जितेको हो।

ग्लोबलका सुशिल कार्कीले १ गोल फर्काए।संस्थागत विद्यालय सञ्चालकहरूको मञ्च (फिजम) द्वारा आयोजित प्रतियोगितामा ९ गोल गरेका नेक्ससका दिपेन कट्वाल सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता घोषित भए।