सैनिक मारिए


काबुल, (एजेन्सी)।

विभिन्न हातहतियारबाट सुसज्जित एक अफगानी सैनिकले जथाभावी चलाएको गोली लागेर शनिबार अफगानिस्तानमा तैनाथ २ जना अमेरिकी सैनिकको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएको सुरक्षा सूत्रले जनाएको छ।

अमेरिकी सेनाका अनुसार अफगानिस्तानको पूर्र्वी नान्गाहार प्रान्तको शरजाद जिल्लास्थित सैनिक अखडामा अमेरिकी र अफगान कमान्डोहरुले तालिम लिइरहेको बेला ती अफगान सैनिक कमान्डोले अचानक गोली चलाएका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १८ वर्ष लामो अफगान युद्ध समाप्त गरी अमेरिकी सैनिक स्वदेश फर्काउने योजना बनाइरहेको अवस्थामा यो घटना घटेको हो।