एकै मञ्चमा विवाहित र अविवाहितको स्पर्धा

0
Shares

दक्ष इन्टरनेसल प्रालिले एक साथ दुई सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ।दक्षले अविवाहित युवतीहरूको सौन्दर्य प्रतियोगिता मिस ब्युटिफुल नेपाल २०२० र विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता मिसेस ब्युटिफुल नेपाल २०२० आयोजना गर्न लागेको हो।

मिस ब्युटिफुल नेपालको पाँचौं र मिसेस ब्युटिफुल नेपालको चौथो संस्करण हो।आयोजक तथा मेकअप आर्टिस्ट टेकराज पाण्डेका अनुसार मिस ब्युटिफुल नेपाल २०२० मा १९ र मिसेस ब्युटिफुल नेपाल २०२० मा १७ प्रतिस्पर्धीबीच स्पर्धा हुनेछ।

प्रतियोगिताको अन्तिम स्पर्धा आगामी फागुन २ गते जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ। प्रतियोगीहरूलाई हाल विभिन्न विषयको प्रशिक्षण दिइरहेको पाण्डेले बताए। प्रतियोगिता कोरियोग्राफर अश्विनी झाको कोरियाग्राफी र कार्यक्रम सञ्चालनमा सम्पन्न हुनेछ।