सोचे जस्तो उपलब्धि हुन सकेनः प्रधानमन्त्री ओली


न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चाहेको गतिमा विकास निर्माणको काम अगाडि बढ्न नसकेको बताउनुभएको छ ।

आइतबार ४७औं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खासगरी आयोजना कार्यान्वयनको गति, न्यून पुँजीगत खर्च, वैदेशिक सहयोगका आयोजनामा ढिलासुस्ती भइरहेकाले विकास निर्माणको काम सोचेजस्तो नभएको बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘उपलब्धि हुँदै नभएका होइनन्, तर सन्तोषजनक भएन, काम ढिला भयो, पुँजीगत खर्च ज्यादै न्युन भयो, हामीले जुन गतिमा जान थालेका थियौ, त्यसो हुन सकेन ।’

उहाँले आयोजना कार्यान्वयनमा गति दिन सरोकारवाला निकायको ध्यानाकर्षण गराउनु भयो । आफ्नो स्वास्थमा समस्या रहेको भन्दै प्रधानमन्त्रीले बैठकमा धेरै बोल्नुभएन । उहाँले आफ्नो तर्फबाट उपप्रधानमन्त्री इश्वर पोखरेलले सम्बोधन गर्ने जानकारी गराउदै बैठकबाट बाहिरिनुभएको थियो ।