फोन नउठाएको रिसमा विवाहित प्रेमिकाको घाँटी रेटी हत्या, प्रेमि पक्राउ

0
Shares

न्युज अफ नेपाल, मोरङ ।

फोन नउठाएको रिसमा प्रेमिकाको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी जिल्ला कृष्णश्रवण गाउँपालिका वडा नं ३ मट्टीगढा घर भई हाल बुढिगंगा गाउँपालिका वडा नं ३ पोठियामा डेरा गरी बस्ने २५ वर्षीय सुरेन्द्रप्रसाद साह रहेको प्रहरीले जनाएको छ ।

गत माघ २४ गते बिहान विराटनगर महानगरपालिका–१२ स्थित उखुबारीमा सुनसरीको दुहवी नगरपालिका–६ बस्ने ३२ वर्षीया सम्झना खत्री परियारको घाँटी काटेर सलले बेरेका अवस्थामा प्रहरीले शव फेला परेको थियो । सनाखतको लागि महिलाको फोटो विभिन्न संचार माध्यममा राखिएपछि मृतक बसन्त परियारकी श्रीमती सम्झना खत्री परियार रहको खुलेको थियो ।

क्वालिटी नुडल्स फ्याक्ट्रीका स्टोर ईन्चार्ज सुरेन्द्रप्रसाद साह र मृतक परियारबीच विगत ३ बर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको अनुसन्धानका क्रममा खुलेको छ । माघ २१ गते मंगलबारदेखि परियारले साहको सम्पर्कमा नरहेपछि उनले पटक–पटक फोन गरेका थिए ।

तर, परियारले फोन नउठाएपछि पे्रमी साह उनकै घरमा भेट्न पुगेका थिए । घरमा पुगेका साहले परियारलाई घरमा फेलन नपारेपछि पुनः फ्याक्ट्री फर्किए । आफ्नो काममा फर्किएका साहले परियारलाई अपरान्ह चार बजेको समयमा बाँसबारी चोक अगाडि भेटेपछि मोटरसाइकलमा चढाएर विराटनगर महानगरपालिका–१२ गएका थिए ।

भेट भएपछि कुरा गर्ने क्रममा दुई जनाबीच विवाद भएपछि साहले परियारको घाँटीमा सल बेरेर तान्दै उखुबारीमा पुर्यापछि धारिलो बाँसले घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले साहको साथबाट मोटरसाईकल र दुईवटा मोबाइल समेत बरामद गरेको छ ।