गाउँपालिकाको एम्बुलेन्समा चित्तल तस्करी, चालक प्रहरी नियन्त्रणमा

0
Shares

किरन धामी, दार्चुला ।

चित्तलसहित बैतडीको डिलाशैनी गाउँपालिकाको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार दिउसो १२ः३० बजेतिर शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर बजारबाट नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख प्रहरी निरिक्षक खगेन्द्र सिह साउँदले जानकारी दिनुभयो । बैतडीबाट गाउँपालिकाको केन्द्र तर्फ जादै गरेको सुदुरपश्चिम प्रदेश १ झ ३४६ नम्बरको एम्बुलेन्समा चित्तल ल्याइरहेको विषेश सुचनाका आधारमा एम्बुलेन्स नियन्त्रणमा ल्याएको उहाले बताउनुभयो ।

‘मृत अवस्थामा रहेको चित्तल एम्बुलेन्समा राखेर ल्याउदै गरेको एम्बुलेन्स र चालक महेश बोहरालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागी चौलानी सव डिभिजन वन कार्यालयलाई बुझाएको प्रहरी निरिक्षक साउँदले जानकारी दिनुभयो ।

पक्राउ परेका चालक र चित्तल थप अनुसन्धानका लागी डिभिजन वन कार्यालय दार्चुला पठाउने तयारी भैइरहेको चौलानी सव डिभिजन वन कार्यालय गोकुलेश्वरका कार्यालय प्रमुख परमानन्द कुवरले जानकारी दिनुभयो ।