प्रदेश राजधानीका लागि रुपन्देहीको विकल्प नखोज्न नेता खाँणको चेतावनी

0
Shares

यमलाल भुसाल,बुटवल।

रुपन्देहीको शुद्धोधन जेसीजको प्रथम अधिवेशनवाट निर्वाचित नयाँ नेतृत्वको पदस्थापन समारोह विशेष समारोहका बीच सम्पन्न गरिएको छ ।पदस्थापन समारोहमा नेपाली कांग्रेसका प्रमुख सचेतक तथा पुर्व मन्त्री बालकृष्ण खांणले जेसीजले अगिंकार गरेको विधी र नेतृत्व विकास शैली राजनैतिक दलहरुले अपनाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले सरकार संविधान प्रतिकुल अगाडी बढेको आरोप लगाउदै चिनिया शैलीको कम्युनिष्ट शासन नेपालमा ल्याउन खोजेको समेत बताउनु भएको छ ।

नेता खाणँले रुपन्देही र बुटवल हरेक हिसावले सम्पन्न रहेको र प्रदेश राजधानीका लागि आवश्यक पुर्वाधार भएकाले यसको विकल्प नभएको दावि गर्नु भयो ।

रुपन्देही बुद्ध जन्म स्थल पनि हो यहाँ भौतिक ,सामाजिक साँस्कृतिक, आर्थिक र पुर्वाधार,तथा अन्तराष्टिृय विमान स्थल लगायतका सवै आवश्यक संरचना भएकाले प्रदेशको राजधानी अन्य स्थानमा रोज्नु खोज्नु गलत हुने बताउनु भयो ।

पदस्थापन समारोहमा वर्ष २०१९ का अध्यक्ष रमेश खनालले वर्ष २० का अध्यक्ष चुरामणि डुमे्रलाई आफनो पद प्रदान गर्नु भएो हो । जेसीजको कार्यकारी उपाधयक्षमा धनराज कडेल, जुना खाम्चा, कानुनी सल्लाहकारमा रामजी पौडेल, भीपीमा अजय मल्ल , रमेश गौतम , राहुल खनाल , पल्टन चौधरी , महासचिवमा सीमा भटृराई, कोषध्यक्षमा मुकेश कुवर, सह कोषाध्यक्षमा राकेश मल्ल र सह सचिवमा महेन्द्र गौतम चयन हुनु भएको निर्वाचन समितिका गोविन्द पंगेनीले बताउनु भयो ।

पदस्थापन समारोहमा प्रदेश सभा सदस्य पुष्पा थरुनी , तुल्सी प्रसाद चौधरी शुद्धोधन गाउपालिकाका अध्यक्ष किशन चन्द चौधरी लगायतले वोल्दै जेसीजको अनुशरण गर्नु पर्नेमा जोड दिर्नु भएको थियो ।यसै बीच नेपाल प्रेस युनियन रुपन्देहीले आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै नेता खांणले लोकतान्त्रिक मुल्यमान्यतासंगै प्रेस स्वतन्त्रता र मानवअधिकार सिद्धयाउन लागिपर्ने जोकोही आफै सिद्धिने बताउनुभयो ।

निरंकुश ढंगले जनताका अधिकार बन्चित गराउन सरकार अघि बढेकाले यसको प्रतिवाद गर्न कांग्रेस लागिपर्ने बताउनुभयो । उहाले भन्नुभयो जनताले निरंकुशता हटाउन र प्रजातन्त्र ल्याउन नखोजेको भए देशबाट राणाशासन र निर्दलीय पन्चायती व्यवस्था नै जाने थिएन । उहाले निरंकुश पद्धती देशमा आउन नसक्ने बताउनुभयो । लोकतानित्रक मुल्यमान्यता रक्षाका लागि कांग्रेस लागिपर्ने उहाँले बताउनुभयो ।

खांणले यसका विरुद्ध नेपाली कांग्रेसले हदैसम्म प्रतिवाद गर्ने बताउनुभयो ।सचेतक खांणले नेपाल धान फल्ने हिलो खेतमा आलु रोपेसरह भएको बताउनुभयो । अहिलेको सरकार आउनुमा कांग्रेस पार्टीको पनि केही कमजोरी भएको भन्दै उनले अप्राकृतिक सरकारको शासन रहेकाले जनताको परिक्षण असफल भएको जनाउनुभयो ।

फरक प्रसंगमा नेता खांणले देशका उद्योगी व्यवसायी उत्साहित भएर लगानी गर्नुपर्ने, राष्ट्रिय अर्थतन्त्र उकालो लाग्नुपर्ने अवस्थामा सम्झौता गरेर व्यवसाय संचालन गरेका व्यवसायीलाई हटाएर सरकारले असहिष्णुता देखाएको बताउनुभयो।

सर्वोच्चको आदेश जारी भइसक्दासमेत पत्र हातमा आउनुअघि नै लुम्बिनी प्रादेशिक अस्पतालका सटर भत्काएर सरकारले कठोरता देखाएको भन्दै जति कठोर र आक्रामक भएर सरकार हिंड्छ, त्यती नै असफल हुने दाबी गर्नुभयो । रेखा भुसालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।