लहान अस्पतालमा सर्वसाधारणको कन्तबिजोग, सांसदले समेत उपचार पाएनन्

0
Shares

सुभेन्द्र दास,लहान ।

अस्पताल कस्तो हुनुपर्छ ? विरामी पुगेपछि तत्काल जाँच तथा उपचार गर्नुपर्छ । तर, राउ स्मारक अस्पताल लहानमा ठीक उल्टो छ । जहाँ साँसद जस्तो व्यक्ति दुर्घटनामा पर्छ । उपचारको लागि डाक्टर खोज्छन् । त्यहाँ अस्पतालमा एक घण्टामा समेत डाक्टर आइपुग्दैन । अनि कस्तो अस्पतालको हो यो ? जहाँ सर्वसाधारणको हालत कस्तो होला ? व्यापक प्रश्न उठ्नु स्वभाविक नै हो ।

घटना माघ २५ गतेको हो । सिरहा क्षेत्र १ ‘ख’ प्रदेश साँसद अशोक यादवको अवस्था यस्तै भयो । मोटरसाईकल दुर्घटनामा घाईते भएका साँसद यादवलाई राउ स्मारक अस्पतालमा लगियो । त्यहाँ डाक्टर सुनिल कुशवाहालाई पटक पटक फोन गरियो । अस्पताल आइपुग्नु भएन ।

सांसद यादवलाई ठक्कर दिने अर्का मोटरसाईकल चालक परसुराम यादवको अवस्था गम्भिर छ । दुवै घाईतेको उपचारको लागि प्रदेश साँसद लगनलाल चौधरी, नेता गंगा यादव, सत्यनारायण यादव, सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादव, नेकपा लहानका नगर कमिटी अध्यक्ष सचिदानन्द चौधरी, मनोज यादवलगायत पत्रकार प्रहरीले डाक्टरको एक घण्टासम्म प्रतिक्षा गरिरहे ।

तर, डाक्टर आएन ।नेताहरुसँगै पचास साठी जनाले अस्पतालमा होहल्ला समेत गरे । तर, नेताहरुको रोकावटमा उनीहरु संयमित भएर केही घटना गरेन । उता, ईलाका प्रहरी कार्यालय लहानका डिएसपी शरत थापा आएर फोन गर्दा डाक्टर कुशवाहाको मोवाइल नै अफ भयो ।

एक घण्टामा पनि डाक्टर नआएपछि लहान अस्पतालमा उपचार गराउँन नसकेर दुवै घाईतेलाई अर्को अस्पतालमा पुर्याइयो । घाईते साँसद यादवलाई लहानमै उपचारमा लगिएको छ भने अर्का घाईते परसुराम यादवलाई धरान पठाइएको छ ।घटना लहान २० माधोपुरमा बेलुका साढे ६ बजे तिर भएको हो । सांसद यादवको अवस्था सामान्य छ ।