सेब दोहोरो उपाधिनजिक

0
Shares

काठमाडौं, (नेस)।

सामाखुसी इंग्लिस बोर्डिङ स्कुल (सेब) चौथो भानुभक्त मेमोरियल अन्तर्विद्यालय बास्केटबल प्रतियोगितामा शनिबार दोहोरो उपाधिनजिक पुगेको छ।

सिनियर ब्वाइजमा सेबले न्यु बुद्ध प्रकाशलाई ५१–३९ ले पराजित गर्यो। टोलीको जितमा रेजिल गुरुङले २६ अंक जोडे। उपाधिका लागि सेबले महामञ्जुश्रीसँग भिड्नेछ।

महामञ्जुश्रीले न्यु समिटलाई ४६–३२ ले हराएको थियो। जुनियर ब्वाइजमा सेबले एचएचसीएलाई ३०–१५ ले पाखा लगाउँदै ग्रिनफिल्डसँग फाइनल भेट पक्का गर्यो।

अर्को सेमिफाइनलमा ग्रिनफिल्डले गोल्डेनपिकलाई २८–१६ ले पन्छाएको थियो। सिनियर गल्र्समा एचएचसीएले टीआईएलाई २८–१८ तथा सिद्धार्थ वनस्थलीले आयोजक भानुभक्त मेमोरियल स्कुललाई २२–१५ ले निरास पार्दै उपाधि भिडन्त पक्का गरे।