डेमोक्र्याटस नेता देश बर्बाद पार्न चाहन्छन् : ट्रम्प

0
Shares

वासिंगटन, (एजेन्सी)। 

अमेरिकी राष्ट्र्रपति डोनाल्ड ट्र्म्प आफु विरुद्ध महाभियोग सुनवाईपछि बहुमतद्वारा दुई आरोपमा निर्दोष बताएपछि डेमोक्र्याटिक सांसदहरूमाथि आक्रामक बनेका छन्। विपक्षी सांसदहरू विरुद्ध निसाना बनाउँदै उनले भने– उनीहरू हाम्रो देशलाई बर्बाद गर्न चाहन्छ।

वास्तवमा सत्तारुढ रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको सिनेटले उनलाई महाभियोगको दुई आरोप, पदको दुरुपयोग र अमेरिकी संसदको काममा बाधा पुर्याएकोमा निर्दोष भएको बताएका थिए। यसले ट्र्रम्प पहिलाको भन्दा अझ आत्मविश्वास र उर्जावान तथा विरोधीहरू विरुद्ध अप्रत्यासित रुपमा आक्रामक देखिएका छन्।

७३ बर्षिय ट्र्म्पले ह्वाइट हाउसको इस्ट रुममा भने ( यो एक उत्सव हो, हामी अनुचित रुपमा नर्कबाट गुज्रनु पर्यो जबकी हामीले कुनै गल्ती नै गरेको थिएनौं। मैले आफनो जीवनमा केही गलत गरेको हो भने स्विकार गर्छु।
आफनो एक घन्टा भन्दा लामो भाषणमा ट्र्म्पले डेमोक्र्याटका बारेमा भने– उनीहरू हाम्रो देशलाई बर्बाद गर्न चाहन्छन्।

ट्र्रम्पले डेमोक्र्याटहरूको निति खराब भएकोले उनीहरू खराब नेता भएको आरोप लगाए। प्रतिनिधिसभाकी सभामुख नेन्सी पेलोसी सहित शिर्ष डेमोक्र्याटिक नेताहरूको आलोचना गर्दै ट्र्म्पले भने– उनीहरूको निति भयावह छ। उनीहरूको नयाँनिति कर बढाउनु हो। उनीहरू कर बढाउन चाहन्छ। नेन्सी पेलोसी एक डरलाग्दो ब्यक्री हो। उनले धेरै समय अगाडीनै महाभियोग लगाउन चाहेकी थिइन्।