कोरोना भाइरस महामारी संकट भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सकारात्मक नतिजा देखिएको छ : सी

0
Shares

बेइजिंग, (एजेन्सी)।

चीनका राष्ट्र्पति सी जिनपिंगले नयाँकोरोनाभाइरससँगको संघर्षमा यसको रोकथाम तथा नियन्त्रणको प्रयासमा सकारात्मक नतिजा हासिल गरेको बताए। साउदी अरेबियाका नरेस सलमानसँगको टेलिफोन वार्तामा सीले उक्त जानकारी दिएको चीनको सरकारी समाचार समिति सिन्ह्वाले जनाएको छ।

दुई नेताबीच नोवल कोरोनोभाइरस महामारीसँग लड्न र नियन्त्रण गर्ने विषयमा छलफल भएको समाचारमा उल्लेख छ। चीनले उक्त भाइरस विरुद्ध।।। जन युद्ध।।।को घोषणा गरेको र सम्पुर्ण मुलुक नै यो संघर्षका लागि आ आफनो क्षेत्रबाट लागेको सीले बताए।

चीनसँग जन स्वास्थ्यसँग सम्बन्धित घटनालाई तह लगाउन संसाधन परिचालन गर्ने मजबुत क्षमता, पर्याप्त अनुभव छ। महामारी रोकथाम र नियन्त्रणको संघर्षमा सफलता हासिल गर्ने क्षमता र विश्वास छ, उनको भनाईलाई उदृत गरेको छ। विश्व स्वास्थ्य संगठनले भ्रमणका लागि दिएको निर्देशनलाई सबैले पालना र सम्मान गर्छ भन्ने चीनले आशा गरेको सीले बताए। चीनले भाइरस नियन्त्रण तथा रोकथामका लागि खुला तथा पारदर्शीतालाई जोड दिँदै आइरहेका छ।

मर्नेको संख्या ७ सय नाघ्यो

चीनमा महामारीको रुप लिसकेको कोरोना भाइरसबाट मर्नेको संख्या ७ सय २२ पुगेको छ। यस विषाणुबाट ३४ हजार ५ सय ४६ ब्यक्ती संक्रमित भएको पुष्टि भएको छ।राष्ट्र्यिा स्वास्थ्य आयोगले चीनमा यो विषाणुका कारण शुक्रबार ८६ जनाको मृत्यु भएको जानकारी दिएको छ। ती मध्य ८१ जनाको मृत्यु हुबइ प्रान्त र त्यसको प्रान्तिय राजधानी वहानमा भएको हो।

त्यसैगरी हिलांगजियांगमा लुई, बेइजिंग, हेनान र गान्सुमा एक एक ब्यक्तीको मृत्यु भएको आयोजले जनाएको छ। शुक्रबार मात्रै थप २६जना संक्रमित भएको पुष्टि भयो। मकाउमा १० र ताइवानमा १६ संक्रमणका घटना देखिएको छ। शुक्रबार मात्रै कुल ४ हजार २ सय १४ संदिग्ध मामिला भेटिएको र १ हजार २ सय ८० संक्रमित गम्भिर रुपमा विरामी भएको आयोगले बताए।

५ सय १० विरामी स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज गरिएका छन्। अहिले पनि ६ हजार १ सय १ को स्वास्थ्य स्थिति गम्भिर रहेको र २७ हजार ६ सय ५७ जना संक्रमित भएको आशंका गरिएको आयोगले जनाएकोछ।

अहिलेसम्म २ हजार ५० जना संक्रमित स्वास्थ्य लाभपछि अस्पतालबाट विदा भइसके। चीन बाहेक विश्वका २७ देशमा कोरोना भाइरस संक्रमण भेटिसकेका छन्। यसैबीच जापानको अलग राखिएको एक क्रुज जहाजमा थप तीन जना कोरोना भाइरसबाट पिडित फेला परेका छन्। योसँगै उक्त जहाजमा यसबाट संक्रमितहरूको संख्या बढेर ६४ पुगेको छ।

एक दिन अगाडी मात्र जापानले आफनो उक्त क्रुजमा शुक्रबार कोरोना भाइरसका ४१ नयाँसंक्रमित भेटिएको जानकारी दिएको थियो। यसबीच अर्को एउटा विलासी जहाजलाई पनि फिर्ता बोलाइएको छ। शुक्रबार ४१ मामिला पुष्टि हुनु अगाडी २० संक्रमित यात्रीलाई टोक्यो नजिकै डाइमन्ड प्रिन्सेसबाट ओरालिएको थियो। यो जहाजमा करिब ३ हजार ७ सय यात्रु सवार रहेको पुष्टि भइसकेको छ।

१५ सेकेन्ड मै संक्रमित

दक्षिण पुर्वी चीनमा एक ब्यक्री मात्र १५ सेकेन्डमा कोरोना भाइरसबाट संक्रमित भएका छन्। ती ब्यक्ती बजारमा एक संक्रमित महिला नजिकै १५ सेकेन्ड मात्रै उभेका थिए। जसले गर्दा उनी यो प्राणघाटक रोगको चेपेटामा परे। कोरोना भाइरस ब्यक्तीको पहिचानमा विरामी नम्बर ५ बताइएको छ। जिआंगबेइका स्वास्थ्य अधिकारीहरूले ती विरामी सुआंगडोंगफेंग बजारमा विरामी नम्बर २ नजिकै उभेका थिए।

स्वास्थ्य अधिकारीहरूका अनुसार विरामी नम्बर ५ले सुरक्षाका लागि मास्क लगाएको थिएन। पिडित नम्बर ५ को ठेगाना र विगत दुई हप्तामा उनको सम्पर्कमा आएकाहरूको खोजी भइरहेको अधिकारीहरूले बताए। ती ब्यक्ती तटिय सहर निंगबोको भएको र उनको उपचार भइरहेको बताइएकोछ।

विमानको सबै सिटमा राहत सामाग्री

चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस विरुद्धको युद्धमा साम्यवादी देशले सेनालाई उतारिसकेको छ । महामारीको रुप लिइरहेको कोरोनासँग लड्न चीनले मात्र १० दिनमा १ हजार बेडको अस्पताल नै बनाए। अहिसम्म करिब ८ ब्यक्ती यस भाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ। चीनको बृहत प्रयास र तयारीका बावजुद बढ्दो संक्रमितहरूको चापले विरामीका लागि बेड र अन्य चिकित्सा सामानको अत्यन्त कमी भइरहेको समाचार आइरहेको छ। गम्भिर संकटको यो घडीमा अष्ट्र्ेलियामा रहेका चिनियाँनागरिकहरूको एक पहलले सबैको मन पलागेको छ।

अष्ट्र्ेलियकामा रहेका चिनियाँमुलका नागरिकहरूले मेलबर्नबाट चीनको ग्वांगझाउ सहरको उडान भर्ने विमानको सबै टिकट किनेर सबै सिटमा राहत सामाग्री राखी चीन पठाए। चिनियाँनागरिकहरूको यो अदभुत प्रयासको भिडियो चीनको विदेश मन्त्रालयका अधिकारी लिजिआन झाओले ट्विटरमा सेयर गरेको हो। उक्त कार्यको सामाजिक सन्जालमा ब्यापक प्रसंसा भइरहेको छ।

यसबीच चीनमा विरामीहरूलाई भर्ना गर्न बेडको ब्यापक कमी भइरहेको छ। कोरोना भाइरसको गढ वुहान सहरमा एक करोड भन्दा धेरै जनसंख्या रहेको छ। यहाँ हजारौं विरामीलाई २८ अस्पतालमा भर्ना गरिएको छ। वुहानको सबै अस्पताललाई मिलाएर मात्र ८ हजार २ सय ५४ बेड पुग्छ। यो सँगै विरामीको चापलाई धान्न चिकित्सा उपकरणको पनि भारी कमी भइरहेको छ।

यसबीच दक्षिणी चीनमा एक कम्पनी बीजीआई समुहले वुहानमा एक प्रयोगशालाको शुरु गरेको र त्यहाँबाट १० हजार विरामीको परिक्षण दैखिक हुन सक्ने जनाएको छ। यस भाइरसको प्रसार रोक्न सरकारले हुबेइ पान्त र त्यसको वरपरका प्रान्तमा यात्रा प्रतिबन्द कडा पारेको छ। अधिकारीहरूको प्रयास भाइरस संक्रमणलाई कम बनाउनु हो , त्यसैले नागरिकलाई घरबाट बाहिर नजान निर्देशन दिइएको छ।