राष्ट्रिय व्यवस्थापन सम्मेलन सम्पन्न

0
Shares

काठमाडौं, (नेस)।

नेपाल व्यवस्थापन संघको आयोजनामा ३९औं राष्ट्रिय व्यवस्थापन सम्मेलन सम्पन्न भएको छ। सम्मेलन अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्नुभएको थियो।सम्मेलनमा चारवटा कार्यपत्रहरू प्रस्तुत भएका थिए।

तथ्यांकविद् डा. आशुतोषमणि दीक्षित र भारतको आदित्य विरला समूह द ग्रुप अफ एक्जुकेटिभ प्रेसिडेन्ट कर्पोरेट स्ट्राटेजी एन्ड विजनेसका डी शिवकुमारले अतिथि वक्ताको रुपमा र प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि सल्लाहकार असगर अलीले इन्टरनेट अफ थिङ्स, डिजिटल डाटा र बिजनेसका विषयमा र विश्व बैक समूह (टीबीसी)का नेपाल म्यानेजर फ्रेन्च ब्रेस्सेटेले आफ्नो प्रस्तुती दिनुभएको थियो।

कार्यक्रममा नेपाल पर्यटन बोर्डको तर्फबाट पर्यटन प्रवद्र्धनमा व्यवस्थापकको भूमिका र नेपाल भ्रमण वर्ष २०२० विषयमा प्रस्तुतीकरण दिइएको थियो। सम्मेलनको उद्घाटन शत्रमा अर्थमन्त्री डा. खतिवडाले नेपाल व्यवस्थापन जर्नलको विमोचनसमेत गर्नुभएको थियो।