चट्याङ लागेर तीनको मृत्यु

0
Shares

दाङ, (नेस)।

दाङमा चट्याङ लागेर तीन जनाको मृत्युु भएको छ। शनिबार दिउँसो जिल्लाका दुई स्थानमा चट्याङ पर्दा तीन जनाको ज्यान गएको हो। तुलसीपुुर उपमहानगरपालिका–७ नवलपुरस्थित गीता चौधरीको घरमा चट्याङ लाग्दा उहाँकी ७ वर्षीया छोरी सृष्टि चौधरी र सोही ठाउँ निवासी ५४ वर्षीया लक्ष्मी आचार्यको मृत्यु भएको छ।

दिउँसो १ बजे चट्याङ लागेर गम्भीर घाइते भएकी आचार्य र चौधरीको राप्ती लाइफ केयर अस्पताल तुलसीपुरमा उपचारका क्रममा दिउँसो करिब ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। त्यस्तै चट्याङ लागेर चौधरीको एउटा बंगुर पनि मरेको छ।

त्यसै गरी चट्याङ लागेर घोराही उपमहानगरपालिका–११ हापुुरका सूर्यबहादुुर पुुरीका ८ वर्षीय छोरा ताराबहादुुर पुरीको मृत्यु भएको छ। दिउँसो आँगनमा खेलिरहेको समयमा चट्याङले हान्दा गम्भीर घाइते भएका पुरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।