भेट्रान सुपर सिक्स क्रिकेट, मिराकल फाईनलमा


न्युज अफ नेपाल, पाेखरा ।

पोखरामा पहिलो पटक भएको  सुपर सिक्स भेट्रान्स क्रिकेट प्रतियोगिताको फाइनलमा मिराकल ग्लाडियटर्स फाइनलमा प्रवेश गरेको छ  । पोखरा रंगशालाास्थित क्रिकेट मैदानमा भएको प्रतियोगितामा  दिपेश खत्रीको कप्तानीमा रहेको  मिराकल ग्लाडियटर्सले  सेमिफाईलनमा  स्याङजा रिवल्सलाई ७ रनले पराजित गर्दै फाईनल प्रवेश गरेको हो ।

टस जितेर व्याटिङमा रोजेको  मिराकलले विना विकेटको क्षतिमा ६२ रनको योगफल तयार पारेको थियो । कप्तान दिपेश खत्रीले २५ रनको योगदान दिए भने  रफिक लङ्गु(आलम)ले २९ रनको योगदान दिए ।  ६३ रनको लक्ष्य पछ्याएको स्याङ्जा भने ५५ रनमै  समेटियो ।  खेलको  म्यान अफ दि म्याच आलम घोषित भए ।
त्यस्तै, दोस्रो सेमिफाइनल खेल भने वर्षाको कारण रोकिएको छ । न्युरोड ब्लाष्टर्स र साग्रिला भेट्रान्स बीचको खेल भने स्थगित भएको हो । आगामी शनिबार सेमिफाईनल र फाईनल खेल हुने आयोजक माछापुच्छ«े क्रिकेट क्लबका अध्यक्ष दिपेश खत्रीले जानकारी दिए ।
माछापुच्छ्रे क्रिकेट क्लबको आयोजना र वाईन किङको मुख्य प्रायोजनमा पोखरामा पहिलो पटक भेट्रान सुपर सिक्स क्रिकेट प्रतियोगितामा आयोजना भएको हो । प्रतियोगितामा छ टोलीले प्रतिस्पर्धा गरेका छन् । प्रतियोगितामा स्याङजा रिवल्स, फेवा वारियर्स, न्युरोड ब्लाष्टर्स, सांग्रिला भेट्रान्स, वाईन किङ फाईटर्स, मिराकल ग्लाडियटर्सको सहभागिता रहेको छ ।
उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट बलर, प्लेयर अफ दि सिरिज सहित विजेता तथा उपविजेतालाई ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताको उदघाटन खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले गरेका थिए ।  प्रतियोगितालाई कफी बगानले सह प्रायोजन गरेको छ ।