काठमाडौं ।
शुक्रबारदेखि नेपाल विल्डकन अन्तर्राष्टिय प्रदर्शनी २०२० राजधानीमा सुरु भएको छ । मिडिया स्पेश सोलुसन्स प्रालि र फ्युचरेन्स टेड फेयर तथा इभेन्ट्सले संयुक्त रुपमा शुक्रबारदेखि आयोजना गरेको छैटौं नेपाल विल्डकन तीनदिनसम्म चल्ने छ ।
प्रदर्शनीमा राखिएका विभिन्न स्टलहरुमध्ये प्रिकाष्ट (कारखानामा पहिला नै निर्माण गरी तयार पारिएका) निर्माण सामाग्रीका स्टलमा विशेष आकर्षण देखिएका छन् ।
इटाको विकल्पमा बाहिरी तथा भित्री पार्टेशन वालको रुपमा प्रयोग हुने इको प्यानल, स्ल्याब ढलानको सटा पहिला नै कारखानामा तयार पारी तयारी अवस्थामा राखिने स्ल्याब, कम्पाउण्ड वालका लागि इटाको विल्कल्पमा पहिला नै तयार पारिएका ढलानका लामालामा स्ल्याब, काठको विकल्पका रुपमा प्रयोग हुने झ्यालढोकाहरुलगायतका निर्माण सामाग्री राखिएका स्टलहरुप्रति विशेष आकर्षण देखिएका हुन् ।
कारखानामा पहिला नै तयार पारेका निर्माण सामाग्रीहरु गुणस्तरीय हुनुका साथै यसले तीव्र निर्माण सम्भब भएकाले यसप्रतिको आकर्षण वढेको बताइन्छ । भूकम्पपछि तीव्र पुननिर्माण गर्नुपर्ने आवश्यता रहेकोले यसप्रति विशेष आकर्षण रहेको बताइन्छ ।
गोर्खा इको प्यालनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवाल जनताको यही आवश्यकतालाई ध्यान दिई आफूहरुले प्रिकाष्ट निर्माण सामाग्रीहरु उत्पादनको काम गर्दै आएको बताए ।












प्रतिक्रिया