मेलबाट नास्पाती बनाउँदै कृषी ज्ञान केन्द्र बाजुरा, यस्तो छ प्रक्रिया


दयाराम पण्डित, बाजुरा ।

बाजुराका वन क्षेत्रमा पाईने जंगली प्रजातीको मेलका विरुवालाई कृषी ज्ञान केन्द्र बाजुराले नासापाती बनाउने योजना अघि सारेको छ । जिल्लाका सबै स्थानीय तहमा प्रसस्त मात्रामा जंगली मेललाई कलमी प्रविधी अपनाएर नासपाती वनाउन थालिएको हो ।

बाजुराका सामुदायीक वनक्षेत्रमा ५ वर्षमा कम्तिमा १ लाख मेलका बोटलाई नास्पाती बनाउने लक्ष्य रहेको कृषी ज्ञानकेन्द्र बाजुराका प्रमुख गोविन्द सिजापतीले बताउनुुभयो । यो वर्ष बाजुराका नौ वटै स्थानिय तहका नौ वटा ठाउँमा फागुन पहिलो हप्ताबाट १० हजार मेलका बोटलाई नास्पाती बनाउने गरी अभियान अगाडी वढाईएको छ ।

बोटको जातीयताका आधारमा बाजुराका बिभिन्न ठाउँमा १२ सयदेखि २५ सय मिटर उचाईमा फल्ने गरेको मेलबाट खुदो बनाउने प्रचलन थियो । तर आजकाल त्यो पनि लोप भईसकेको अवस्था छ । जंगली मेल र नास्पातीको परिवार एउटै भएकोले मेलमा नास्पाती कलमी गरी माथिको बोटलाई सजिलै नास्पाती बनाउन सकिन्छ कृषी ज्ञानकेन्द्र प्रमुख सिजापतिले जानकारी दिनुुभयो ।

माथि नास्पाति तल मेलको जरानै हुने भएकोले यसमा रोग कम लाग्ने गोडमेल तथा मलखाद प्रयोग गर्नु नपर्ने र लामो समय सम्म टिकाउ हुन्छ । जंगलमा प्रसस्त मात्रामा आफै उम्रीने भएकोले खेर गईरहेका हजारौं मेलको वोटलाई सामान्य व्यवस्थापनमा पनि नास्पाती फलमा रुपान्तरण गर्न सकिन्छ कृषी ज्ञान केन्द्र अधिकृत जैसीले भन्नुुभयो । नास्पातिको ताजा फल विक्री जाम तथा जेली वनाउनुका साथै वाँकि नास्पातीवाट बार्जु वाईन तयार गरीने बताइएको छ । यस प्रबिधीबाट नास्पातिका विभिन्न परिकार बनाई विक्रिवितरण गरी सजिलै आम्दानी गर्न सकिने छ ।

स्थानीय तहका मेलका बोटहरु भएका गाउँको पहिचान गरी फलफुल विकास केन्द्र किर्तिपुर काठमाण्वाडौवाट जापनीज नास्पातीको साईन र दक्ष जनशक्ति ल्याएर कम्तीमा २७ जना प्राविधिकलाई कलमी गर्ने तरीकावारे तालिम दिइने कृषी ज्ञानकेन्द्र प्रमुख गोविन्द सिजापतिले बताउनुुभएको छ । ज्ञानकेन्द्र प्रमुख सिजापतिले भन्नुुभयो २७ जना प्राविधिकहरुलाई यो कामका लागि फिल्डमा परिचालन गरिने छ । मेललाई कलमी गर्ने कार्यक्रमलाई अभियानकारुपमा संचालन गर्ने र हरेक वर्ष निरन्तरता दिईने छ ।

हाम्रो यस अभियानलाई सहयोग गर्न र यसरी कलमी गरेका वोटको संरक्षणका लागि स्थानिय समुदायलाई अनुरोध गर्न चाहान्छौं । कलमी गरेको ३ देखि ४ वर्षमा यी वोटले उत्पादन दिन शुरु गरेपछि पहिलो प्रथमिकतामा ताजा फल विक्री गरिनेछ । नवेचिएको बाँकि फललाई संकलन गरी प्रसोधन उद्योगको स्थापना पश्चात् जाम जेली जुस र वार्जु वाईन तयार गरी विक्रि वितरण गरिने बताइएको छ ।

मेल कलमी कार्यक्रमवाट ३ देखि ४ वर्ष पछि करिव १ लाख नास्पातीका वोटवाट बार्षिक कम्तिमा पनि १ लाख कुईन्टल नास्पातीको फल उत्पादन गर्ने लक्ष कृषी ज्ञानकेन्द्र संग रहेको वताइएको छ । मेललार्य नास्पातिमा रुपमान्तरण गर्न सकेमा बाजुरामा करिव ५० करोड रुपैंया वरावरको ताजा फल उत्पादन हुनेछ ।

प्रसोधन उद्योग मार्फत वार्षिक १ करोड वरावरको जाम जेली जुस र वार्जु वाईनको व्यापार गर्न सकिने सम्भावना रहेको छ । कार्यक्रमलार्ई सफल पार्न सम्भाव्यता अध्ययन गरेर मात्र हुँदैन सरोकारवाला सवैको उत्तिकै सहयोग र समन्वय आवश्यक देखिन्छ । कृषी ज्ञान केन्द्रको अभियानमा कृषकले संरक्षण र व्यवस्थापनको जिम्मेवारी लिनुपर्ने हुन्छ कृषी ज्ञान केन्द्र बाजुराका अधिकृत मिनराज जैशीले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत अपिल गर्नु भएको छ ।

जिल्लामा भएका अथाह जडीबुटीको सदुपयोग । बजार नापएर गाईवस्तुलाई खुुवाउन बाध्य स्याउ सुन्तलाको उचित बजार ब्यबस्थापन र मेलका वोटहरुलाई नास्पातीमा रुपान्तरण हुने हो भने बाजुरेलीले सधैं गरिबीको सुचाङ्कमा नाम लेखाउन अन्त्य गर्न सकन्छ । बाजुरा गरिबी र अभावको जिल्ला मात्रै हैन अवसर र सम्भावनाको जिल्ला पनि हो भन्ने एक बलियो उदाहरण बन्न सक्छ ।