काँडेतार लगाउने क्रममा करेन्ट एकको निधन


न्युज अफ नेपाल, सिन्धुली ।

शनिबार सिन्धुलीको दुधौली नगरपालिका–१० पटियानीमा करेन्ट लागेर एकजनाको निधन भएको छ । करेन्ट लागेर निधन हुनेमा ३६ वर्षीय कृष्ण कटुवाल रहेका छन् । पटियानीको एक सार्वजनिक नर्सरीमा काँडेतार लगाउने क्रममा करेन्ट कटुवालको निधन भएको हो।

नर्सरीमा काँडेतार लगाउन रड सिधा गर्दै गर्दा ११ हजार भोल्टेज प्रवाह भइरहेको विद्युतको मेन लाइनमा रडले छोएर कटुवाललाई करेन्ट लागेको प्रहरीले जनाएको छ।

करेन्टबाट गम्भीर घाइते भएका कटुवाललाई थप उपचारका लागि सिरहाको आरके अस्पताल पुर्‍याइए थियो । उनलाई अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।