समुदाय-प्रहरी साझेदारी अन्तर्गत प्रशंसापत्र प्रदान


सल्यान ।

समुदाय-प्रहरी साझदारी कार्यक्रम अन्तर्गत प्रहरी प्रधान कार्यालय नक्सालबाट प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्वारा प्रदान गरिएको प्रशंसापत्र शुक्रबार आयोजित एक कार्यक्रबीच कुमाख गाँउपालिकालाई प्रदान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले उक्त प्रशंसापत्र सो गाउँपालिकाका अध्यक्ष दिलमाया बुढामगरलाई प्रदान गर्नुभएको हो । समुदाय-प्रहरी साझेदारी कार्यक्रमको कार्यान्वयनमा उल्लेखनीय योगदान पुर्‍याएबापत उक्त प्रशंसापत्र प्रदान गरिएको हो ।

सोही अवसरमा प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडा र कुमाख गाउँपालिकाका अध्यक्ष दिलमाया बुढामगरले सल्यान जिल्लाका आपतकालीन स्थायी नम्बरहरु समेत समाबेश भएको जनहितमा जारी स्टिकर जिल्लाका प्रत्येक घरमा टाँस गर्ने उद्देश्यले संचालन गरिएको “एक घर-एक स्टिकर” अभियान सयुक्त रुपमा स्टिकर टाँस समेत गर्नुभएको थियो ।

साथै सोही अवसरमा जिल्ला प्रहरी कार्यालय सल्यानको आयोजना र कुमाख गाँउपालिका सल्यानको सहकार्यमा बालविवाह न्यूनीकरण, बोक्सी प्रथा, जातिय भेदभाव तथा छुवाछुत अन्त्य सम्बन्धि प्रशिक्षण समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरु, शिक्षक, स्थानीय भद्रभलादमी, सामाजका अगुवा, बुद्धिजिवि, बिभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, स्थानीय संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।