महानिरीक्षक खनालद्वारा ८ पालिकालाई प्रशंसापत्र प्रदान


बर्दिया ।

समुदाय-प्रहरी साझदारी कार्यक्रम अन्तर्गत प्रहरी प्रधान कार्यालय नक्सालबाट प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्वारा प्रदान गरिएको प्रशंसापत्र वर्दियामा शुक्रबार आयोजित एक कार्यक्रमबीच बर्दिया जिल्ला अन्तर्गत ६ वटा नगरपालिका र २ वटा गाउँपालिकालाई प्रदान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले उक्त प्रशंसापत्र सो नगरपालिका तथा गाउँपालिकालाई प्रदान गर्नुभएको हो । समुदाय-प्रहरी साझेदारी कार्यक्रमको कार्यान्वयनमा उल्लेखनीय योगदान पुर्‍याएबापत उक्त प्रशंसापत्र प्रदान गरिएको हो ।

कार्यक्रममा बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, नगरपालिकाका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्षहरु, उपाध्यक्षहरु, वडा अध्यक्षहरु, अन्य जनप्रतिनिधिहरु, समाजसेवी, भद्रभलादमी, नागरिक समाज, स्थानीय संचारकर्मी लगायत स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।