चट्याङ लागेर दाङमा तीन जनाको निधन


न्युज अफ नेपाल, दाङ ।

चट्याङले लागेर दाङमा तीन जनाको निधन भएको छ। शनिबार दिउँसो १ बजेको समयमा तुलसीपुर उपमहानपालिका–७ नवलपुरमा दुई र उपमहानगरपालिका–९ हापुरमा एक जनाको मृत्यु भएको हो।

नवलपुरमा गीता चौधरीको घरमा चट्याङले हान्दा सात वर्षीया छोरी सृष्टि चौधरी र त्यही बस्ने ५७ वर्षीय लक्ष्मी आचार्यको चट्याङले लागेर मृत्यु भएको हो ।
त्युस्तै, हापुरमा सूर्यबहादुर पुरीको आठ वर्षीय छोरा ताराबहादुर देवपुरीको मृत्यु भएको हो ।

चट्याङले लागेर गम्भीर घाइते भएकी चौधरीकी सात वर्षीया छोरी सृष्टि चौधरी र त्यही बस्ने ५७ वर्षीय लक्ष्मी आचार्यको राप्ती लाइफ केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

घरको आँगनमा खेल्दै गरेका सूर्यबहादुरका आठ वर्षीय छोरा ताराबहादुर देवपुरीको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।