पाँच महिनाको गैंडा मृत अवस्थामा फेला


न्युज अफ नेपाल, चितवन ।

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत अवस्थामा भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको कुजौली पोष्ट क्षेत्रमा पाँच महिनाको पोथी बच्चा गैंडा मृत अवस्थामा भेटिएको हो ।

शुक्रबार नवलपुरको देवचुली नगरपालिका वडा नं १७ मा बच्चा गैंडा मृत अवस्थामा भेटिएको निकुञ्जका निमित्त प्रमुख बेदबहादुर खड्काले जानकारी दिनुभयो ।

निकुञ्जका निमित्त प्रमुख खड्काका अनुसार मृत गैंडाको शरीरमा चोटैचोट भेटिएको छ । भालेको आक्रमणबाट उक्त गैंडा मरेको हुनसक्ने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले मर्ने गैंडा योसँगै १५ पुगेको छ ।