मध्यरातमा अज्ञात समूहद्वारा प्रहरी चौकीमा आक्रमण, असइसहित दुई प्रहरी घाइते

0
Shares

न्युज अफ नेपाल, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको प्रहरी चौकी तिपेनीमा अज्ञात समूहले आक्रमण गरेको छ । आक्रमणमा परी चौकीका ईन्चार्ज तथा असइ सन्तोष कुमार झा र प्रहरी हवल्दार हरिबहादुर मगर घाइते भएका छन् ।

मध्यरातमा मोटरसाइकलमा आएको अज्ञात समूहले चौकीमा आक्रमण गरेपछि प्रहरीले आत्मरक्षाको लागि चार राउण्ड हवाइ फायर समेत गरेको थियो ।

घाइते झालाई थप उपचारको लागि काठमाडौं लगिएको छ । यस्तै मगरको प्राथमिक स्वास्थ केन्द्र मेलम्चीमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

आक्रमणमा संलग्न रहेको आशंकामा दुइ मोटरसाइकालसहित एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानाएको छ । पक्राउ पर्नेमा मेलम्ची नगपालिका ८ का सन्तोष तामाङ रहेका छन्।