खुकुरी प्रहार गरी बुहारी हत्या गर्ने जेठाजु पक्राउ

0
Shares

ताप्लेजुङ । ताप्लेजङको पाथिभरा याङओरक गाउँपालिका–२ थ्येचम्बुमा आज साँझ ४३ वर्षीय जेठाजु पूर्णकुमार लिम्बूले ३५ वर्षीया बुहारी शुकमायको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पूर्णकुमारलाई पक्राउ गरेको छ ।

पूर्णकुमारले घर नजिकैको बाटो हिँडिरहेको समयमा बुहारीलाई खुकुरीले टाउको र घाँटीमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

पूर्णकुमारलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजङका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँल जानकारी दिनुभयो ।