बङ्गलादेशका सेना प्रमुख नेपाल भ्रमणमा

0
Shares

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा मित्रराष्ट्र बङ्गलादेशका सेना प्रमुख जनरल अजिज अहमद आज काठमाडौँ आइपुग्नुभएको छ ।

उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयका उपरथी निर्मलकुमार थापाले स्वागत गर्नुभयो । बङ्गलादेशका सेना प्रमुख अहमदले शनिबार टुङ्डिखेलस्थित सैनिक मञ्चको वीर स्मारकमा माल्यार्पण गर्नुहुने तथा जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले उहाँको सम्मानमा सम्मान गारत अर्पण गर्ने नेपाली सेनाले जनाएको छ । भ्रमणको दौरान उहाँले पोखरास्थित पश्चिम पृतना हेडवाटर तथा केही महत्वपूर्ण पर्यटकीय स्थलको भ्रमण गर्नुहुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

बङ्गलादेशका सेना प्रमुख अहमदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।

त्यस्तै नेपाली सेनाको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गर्नुहुनेछ । पाँच दिने औपचारिक भ्रमण पूरा गरी बङ्गलादेशका सेना प्रमुख अहमद माघ २८ गते स्वदेश फिर्ता हुनुहुनेछ ।