लहानमा एक युवा मृत भेटिए

0
Shares

महेश सिंह, सिरहा ।

सिरहाको लहान नगर पालिका ३ बस्ने तेजनारायण चौधरीको २४ बर्षको छोरा मिथिलेश चौधरीको मृत्यु भएको छ । चौधरी एक महिना अगाडि देखी लहान स्थित रहेको यातायात कार्यालय अगाडि लेखा पडिको काम दिपक महतोको समुहमा रहि काम गर्दै थियो ।

बिहिवार बेलुका ३स्३० बजेको समयमा घर बाट खाजा खाएर बजार तिर निस्केका चौधरी राती बेहोस अबस्थामा भेटिएका थिए । चौधरीको जीउ भरी माटो र हिलो लागेको थियो । चौधरीका एक जना आफन्तले बुवा तेजनारायण लाई फोनगरे छोराको अवस्थाबारे बताएका थिए । छोराको खबु सुनेका तेजनारायण पनि बेहास भएका थिए । उपचारको लागी लहान अस्पताल ल्याउदै गर्दा मिथिलेशको बाटोमै मृत्यु भएको अस्पतालको डाक्टरले बताए ।

मृत चौधरीको शव पोष्टमार्टमको लागी पठाइएको छ । बुबा तेजनारायण चौधरीले आफ्नो छोराको हत्या भएको बताउका छन् । घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय सिरहाले अनुसन्धान गरि रहेको सिरहाको प्रहरी प्रमुख उमा प्रसाद चतुर्बेदीले बताए । घटना संकास्पद रहेको र अनुसन्धानको क्रममा एक जनालाई प्रहरीलाई फाउ गरिएको चतुर्बेदीले बताए ।

मृतक चौधरीको साबिकको घर सप्तरीको खडक नगरपालिका ९ बजराही गुठी रहेको छ । बुबा तेजनारायण चौधरी बिगत २० बर्षदेखी सिरहाको लहानस्थित वन कार्यालयमा कार्यरत रहेका छन् ।