थुनामा रहेकालाई छुटाइदिने भन्दै ४२ लाख घुस लिने वकिल पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

थुनामा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै ४२ लाख रुपैयाँ लिएका वकिल टंकबहादुर राना मगरलाई प्रहरीले पक्राउ गरेको छ । राजश्व चुहावटको आरोपमा थुनामा रहेका राकेश दाहाललाई छुटाइदिने भन्दै मगरले घुस लिएका थिए ।

राजश्व अनुसन्धान विभागले दर्ता गरेको मुद्दाको सुनुवाइका क्रममा न्यायाधीकरणले दुई करोड ५० लाख धारौटी माग गरेपछि तिर्न नसकेर दाहाल नख्खु कारागारमा थुनामा रहेका छन् । पक्राउ परेका दाहाललाई छुटाइदिने भन्दै उनका परिवारसँग घुस लिएका मगरविरुद्ध उजुरी परेको हो ।

दाहालका परिवारले दिएको उजुरीका आधारमा अधिवक्ता मगरलाई शुक्रबार महानगरीय अपराध महाशाखाको टोलीले बबरमहलबाट पक्राउ गरेको हो ।