ललिता निवास प्रकरणमा आफू दोषी नभएको नेपालको दाबी

0
Shares

सरोज यादव, विराटनगर ।

प्रतिपक्ष दल नेपाली कांग्रेसले पूर्वाग्रही भएर अख्तियार दुरुपयोग अनुसन्धानले आफना पार्टी उपसभापति विजयकुमार गच्छदारलाई मुद्धा चलाएको र तत्कालीन प्रधानमन्त्री माधकुमार नेपाल जग्गामा मुछिएका विष्णु पौडेललाई उन्मुक्ति दिएको आरोपमा संसद अवरुद्ध गरिरहदा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले भने ललिता निवास जग्गा प्रकरणमा आफू दोषी नरहेको प्रष्टीकरण दिनु भएको छ। उहाँले आफू प्रधानमन्त्री हुँदा कुनै नयाँ मोही बनाउने निर्णय नभएको दाबी पनि गर्नुभयो ।

ललिता निवास जग्गा प्रकरण (बालुवाटार जग्गा प्रकरण) मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार १७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । तर मन्त्रिपरिषदको नीतिगत निर्णय भन्दै पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको हकमा केही गर्नुनपर्ने उसले बताएको छ । अनुचित काममा लागेको जोसुकै किन नहोस, उम्किन पाउँदैन,’ नेता नेपालले भन्नुभयो, ‘म दोषी छैन, म अपराधी होइन । म भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने मान्यताको मान्छे हुँ ।’ उहाँले अघि भन्नुभयो, ‘मेरो पालामा कुनै नयाँ मोही बनाउनका लागि मोही दिने निर्णय पनि भएको छैन ।’ ललिता निवास प्रकरणमा दोषीले उन्मुक्ति पाउन नहुने र निर्दाेष मान्छे पर्न पनि नहुने उहाँले बताउनुभयो ।

विराटनगर विमानस्थलमा शुक्रबार विहान स्थानीय सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले भन्नुभयो, ‘ललिता निवास जग्गा प्रकरणमा संलग्न दोषी मान्छे उम्किन हुन्न, निर्दोष पनि पर्न हुन्न ।’ उहाँले सो प्रकरणमा अनुुचित कार्य गरेर भ्रष्टाचार गर्ने जो सुुकै किन नहोस त्यस्ता व्यक्तिलाई उन्मुुक्ति दिन नहुुने वताउनुुभयो । उहाँले कोहिपनि निर्दोष मान्छे पर्नुु हुुुँदैन र दोषी भए उम्कनुु हुुदैन भन्ने मान्यतामा आफुु रहेको वताउनुुभयो ।

संचारकर्मीहरुले राखेको प्रश्नमा उहाँले आफु सो घटनामा दोषी नरहेको दाबी गर्नुहुँदै आफु भ्रष्टाचारपनि नगर्ने र गर्नपनि नदिने मान्यताको मान्छे रहेको बताउनुहुँदै आफ्नो पालामा उक्त जग्गामा नया मोहि वनाउन निर्णय नभएको प्रष्ट पार्नुुभयो । कुुनै वाटो वनाउने विषयमा निर्णय गरिन्छ यदि वाटो वनाउदा भ्रष्टाचार भयो भने वाटो वनाउन निर्णयगर्ने प्रधानमंत्रीलाई दोषि भन्न नमिल्ने उहाँको भनाई थियो । उहाँले ललिता निवास जग्गा प्रकारणमा कसैलाई पार्टीगत रुपमा मुुद्धा नलगाइएको आरोपको समेत खण्डन गर्नुभयो ।

एमसिसीका विषयमा उहाँले सो परियोजनामा रहेका प्रावधानहरु नेपालको हितमा प्रतिकुुल छ वा छैन त्यस विषयमा गहन अध्यन गरेर यो विषयलाई चाँडै टुुंगयाउनुुपर्ने वताउनुुभयो । एमसिसका विषयमा कार्यदल वनेको बताउनुहुँदै उहाँले कार्यदलले निश्पक्ष रुपमा कार्य गरेर यो विषय चाँडै टुुग्याउनुु पर्ने बताउनुभयो ।

नेता नेपालले सरकाले आफनो कामलाई तिव्रता दिएर सममृद्ध नेपाल र सुुखि नेपालीको अभिभारालाई पुुरागर्नुुपर्नेमा जोड समेत दिनुुभयो ।