कांग्रेसले आजको संसद बैठक पनि अवरुद्ध गर्ने

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

नेपाली कांग्रेसले आजको संसद बैठक पनि अवरुद्ध गर्ने निर्णय गरेको छ । आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले संसद अवरुद्ध गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभाको बैठक अहिले दिउँसो १ बजे बस्दै छ ।

ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेपछि कांग्रेसले बिहीबारको संसद बैठक पनि अवरुद्ध गरेको थियो ।

शुक्रबारको बैकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संवैधानिक आयोगलाई सरकार आफैंले चलाउन खोजेको र पक्षपातपूर्ण निर्णय गरेकाले आजको बैठक पनि अवरुद्ध गर्ने बताए ।