भारतीय सेनाध्यक्ष नेपाल आउँदै

0
Shares

काठमाडौैं (नेस)।

भारतीय स्थल सेनाका सेनाध्यक्ष एमएम नाराभानी नेपालको औपचारिक भ्रमणमा आउने भएका छन्। भारतीय सेनाको स्थल सेनाध्यक्षमा नियुक्त भएपछि उनलाई नेपाल भ्रमणको निम्तो नेपाली सेनाले दिएको छ।

नेपाल भ्रमणका क्रममा उनलाई नेपाली सेनाले मानार्थ प्रधानसेनापतिबाट सम्मान गरिने परम्परा रहेको छ।
त्यसैगरी, मन्त्रिपरिषद्को बैठकले इजरायल डिफेन्स फोर्सका प्रमुख एभीभ कोचाभीलाई नेपाल भ्रमणका लागि पनि निम्ता पठाउन नेपाली सेनालाई स्वीकृत दिएको छ। उनले पनि छिट्टै नेपाल भ्रमण गर्ने नेपाली सेनाले जानकारी दिएको छ।