स्रष्टाहरूको सम्मानमा एक दर्जन पुरस्कार स्थापना हुने

0
Shares

काठमाडौ (नेस)।

मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा र जगत बचाउने अभियानमा साहित्य, कला मार्फत समेत कार्यक्रम सञ्चालन गर्दै आइरहेको मानव अधिकार तथा शान्ति समाजले स्रष्टाहरूको सम्मानमा कम्तिमा एक दर्जन पुरस्कार स्थापना गर्ने लक्ष्य रहेको संस्थापक सभापति कृष्ण पहाडीले बताउनुभएको छ।

समाजद्वारा काठमाडौँमा आयोजित ८७ औँ शान्ति काव्य प्रवाहमा बोल्दै पहाडीले जो सँग छ उनीहरूले दिनुपर्छ भन्नेमा जोड दिनुभयो।

काव्य प्रवाहमा ज्ञानु वाकर पौडेल, राम बहादुर पहाडी, रत्ननीधि रेग्मी, रामेश्वरी पन्त, मेनका पोख्रेल आचार्य, ऋचा, पुनम घिमिरे, प्रकाशमणी दाहाल, राजेन्द्र प्रसाद ढुंगाना आफ्नो रचना प्रस्तुत गर्नु भएको थियो।

त्यसैगरी विजयध्वज थापा, त्रिभुवन चन्द्र वाग्ले, मुकुन्द पौडेल, त्रिपुरा पौडेल, कुसुम शर्मा, रुद्र अधिकारी, भुवन शिवाकोटी, जनार्दन अधिकारी, रविन्द्र आशीश शैली, दुर्गा वनवासी, गगनदीप सर्व, उर्मिला पन्त पाण्डे, अच्युत प्रसाद पौडेल, मुकुन्द न्यौपाने, ओमप्रसाद कोइराला, रमादेवी दाहाल सहित २५ जना कविहरूले रचना प्रस्तुत गर्नुभएको थियो।