सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दज्र्यानी चिह्न प्रदान

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षकमा पदोन्नति हुनुभएका ५ जनालाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी नायव महानिरीक्षकको दज्र्यानी चिह्न प्रदान गर्नुभयो।

गृह मन्त्रालयको हालैको निर्णयले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षकमा कृष्णभक्त ब्रह्मचार्य, बंशीराज दाहाल, हरिशंकर बुढाथोकी, ई.किशोर प्रधान र राजेन्द्र बस्नेत पदोन्नति हुनुभएको हो।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो समारोहमा पदोन्नति वृत्ति विकासको महत्त्वपूर्ण पाटोको रूपमा रहेको चर्चा गर्नु हुँदै ज्येष्ठता, कार्यक्षमता, कार्य क्षेत्रमा प्रदर्शन गरेको व्यावसायिकता, अनुशासन र इमानदारीको मूल्यांकन गर्र्दै उहाँहरूको पदोन्नति गरिएको बताउनुभयो।

उहाँले अनुशासन तथा इमानदारी फौजको सबैभन्दा ठूलो गहना रहेको चर्चा गर्र्नु हुँदै आ–आप्mनो जिम्मेवारीमा रहेर कार्यक्षेत्रमा उत्तरदायित्व वहन गरी आगामी दिनमा अझै परिष्कृत हुँदै मातहतलाई समेत अनुगमन तथा मार्गदर्शन गर्दै राष्ट्र र नागरिकको सेवा, सुरक्षा र आपत् विपद्मा उद्वार कार्यमा सक्रिय रहन निर्देशनसमेत दिनुभयो।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानलाई सफल तुल्याउन आ–आप्mनो तहबाट सबैले योगदान पुर्याउनुपर्ने बताउनु हुँदै बेरुजु फस्र्योटमा सशस्त्र प्रहरी बलले सर्वोत्कृष्ट स्थान हासिल गरेको स्मरणसमेत गर्नुभयो।

उहाँले सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवक कर्मचारीहरू व्यक्तिगत स्वार्थलाई थाती राख्दै सामूहिक भावनाका साथ कार्य क्षेत्रमा निरन्तर क्रियाशील रहनुपर्ने बताउनु हुँदै आमनागरिकलाई समान सेवा भावले सशस्त्र प्रहरी बल नेपालको सेवा सुरक्षा प्रदान गर्दै सकारात्मक सोचका साथ संगठनको लक्ष्य प्राप्तितर्फ उन्मुख रहन निर्देशन दिनुभयो।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनले भ्रष्टाचार, मानव अधिकारको हनन् र लैंगिक हिंसामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको चर्चा गर्नु हुँदै जनचाहना अनुरूपको कार्यशैली अपनाई व्यावसायिक रूपमा कार्यसम्पादनमा कटिबद्ध रहन सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुुभयो।