तपस्वी राम बहादुर बमजनलाई खोज्दै सिन्धुलीको आश्रममा पुग्यो प्रहरी

मूलघरमा ताला लगाएर बम्जन फरार

0
Shares

न्युज अफ नेपाल, सिन्धुली ।

बलात्कार, हत्या, हिंसालगायतका विभिन्न आरोप लागेका ‘तपश्वी’ रामबहादुर बमजनलाई पक्राउ गर्न प्रहरीको टोली आज बिहानै सिन्धुलीस्थित उनको आश्रममा पुगेको छ ।

बमजनविरुद्ध आनीहरूको यौन शोषण गरेको, बेपत्ता पारेको, हत्या, हिंसालगायत आरोप लागेका छन् ।सर्लाहीकी रिता वोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फूलमाया रूम्बा, सुरेश आलेमगर र सञ्चमान वाइवा बेपत्ता रहेको स्थानीयको भनाइ छ । व्यक्ति वेपत्ताको सूचना पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

उनलाई पक्राउ गर्न सिन्धुली जिल्ला अदालतबाट बिहीबारै अनुमति लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

आज बिहान ६ बजेदेखि नै प्रहरीले आश्रम र वरिपरिको जंगलमा खोजे पनि उनलाई भेटाउन सकेको छैन ।आश्रमस्थित उनी बस्ने मूल घरमा ताला लगाईएको छ ।