काठमाडौं, (नेस)।
अर्किड स्कुलको आयोजनामा पाँचौं अर्किड कप अन्तविँद्यालय फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ।
प्रतियोगितामा ३६ छात्र टिमको सहभागिता रहने अर्किडका सञ्चालक प्रेमकुमार भुजेलले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।
विजेता टोलीले २० हजार रुपियाँ प्राप्त गर्नेछ। त्यस्तै दोस्रोदेखि चौथो हुने टोलीले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन्।
प्रतिक्रिया