बाग्लुङमा जन्ती बोकेको ट्याक्टर पल्टियो, तीन जनाको घटनास्थलमै मृत्यु

0
Shares

न्युज अफ नेपाल, बाग्लुङ ।

बाग्लुङको तमानखोला गाउँपालिका ३ बुलबुलेमा जन्ती बोको ट्याक्टर पल्टिँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।मृत्यु हुनेहरुमा जिल्लाको मालिका गाउँपालिका २ का २१ वर्षीया रीता पुन, सोही ठाउँकी ५२ वर्षीया मन कुमारी पुन र ५७ वर्षीय ओम प्रकाश पुन छन् ।

म्याग्दीको मालिकाबाट ३५ जना जन्ती लिएर बाग्लुङ्गको बुङ्गातर्फ जाँदै गरेको ग १ त ५७६२ नम्बरको ट्याक्टर हिजो साँझ पौने ७ बजेतिर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका ९ जनामध्ये ६ जना उपचारपछि घर फर्केका छन् भने ३ जनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ । चालकलाई बुर्तिवाङ प्रहरीले नियन्त्रणमा लिएको छ ।