ओमानका मन्त्रीलाई सगरमाथा संवादमा निम्ता

0
Shares

काठमाडौं, (नेस)।

अप्रिल २ देखि ४ काठमाडौंमा आयोजना हुन गइरहेको ‘सगरमाथा संवाद’ कार्यक्रममा सहभागी हुनका लागि ओमानका वातावरण तथा पर्यावरण मन्त्रीलाई निम्ता दिइएको छ।

कार्यक्रममा सहभागी हुनका लागि पराराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले पठाएको निमन्त्रणा पत्र ओमानका वातावरण तथा पर्यावरण मन्त्री मोहम्मदविन सलिमविन सेद अल टोवीलाई बुधबार उनकै कार्यकक्षमा पुगी ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले हस्तान्तरण गरेकी छन्।

मोहम्मदविन सलिमविन सेद अल टोवीले निमन्त्रणाका लागि धन्यवाद दिँदै नेपालमा हुन गइरहेको सगरमाथा संवादको सफलताका लागि शुभकामना व्यक्त गरेका छन्।

राजदूत शर्मिला पराजुली ढकालले संवादको उद्देश्यको बारेमा प्रकाश पारेकी थिइन्। मोहम्मदविन सलिमविन सेद अल टोवीले सगरमाथा संवाद कार्यक्रममा सहभागिता जनाउने क्रममा नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन्।