फोटो प्रतियोगिताको निर्णायक चरण सम्पन्न

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। 

फोटो पत्रकार क्लबले आयोजना गरेको आइएमई–ग्लोबल–आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७६ माघ २२ गते बुधबार काठमाडौंमा निर्णायक चरण सकिएको छ। मंगलबार प्रतियोगिताका लागि देशभरबाट विभिन्न सात विधामा ६ हजार २ सय २५ फोटो प्राप्त भएको छ।

दुई दिनसम्म चलेको निर्णायक चरणबाट सबै विधाका विजेतासहित उत्कृष्ट १ सय ७६ फोटो छानिएका छन्। छनोटमा परेका फोटोबाट सबै विधामा पहिलो, दोस्रो र तेस्रो हुनेको चयन गरिएको छ भने सर्वोत्कृष्ट एक फोटोलाई आइएमआई–ग्लोबल–आइएमआई बैंक ‘फोटो अफ दी इयर घोषित गरिएको छ।
देशभरबाट यसपालिको प्रतियोगितालाई सात सय १५ व्यावसायिक र एमेच्योर फोटोग्राफरले ६ हजार २ सय २५ फोटो पठाएका थिए।

विजेताको घोषणा यही माघ २४ गते रसियन कल्चर सेन्टर, कमलादीमा एक कार्यक्रमका बीच घोषणा गरिने रहेको क्लबका कार्यक्रम संयोजक अमुल थापाले जानकारी गराउनुभयो। एजेन्सी फ्रान्स प्रेसका साउथ एसिया प्रमुख वरिष्ठ फोटो पत्रकार जोअल सामद अध्यक्ष रहेको निर्णायक मण्डलमा वरिष्ठ फोटोग्राफर मणि लामा, वरिष्ठ फोटो पत्रकार विकास रौनियार, किम्फका निर्देशक तथा वरिष्ठ पत्रकार रमयता लिम्बू, वरिष्ठ लेखक तथा डकुमेन्ट्री मेकर शेखर खरेल र वरिष्ठ फोटो पत्रकार प्रकाश माथेमाले विजेतासहित उत्कृष्ट १ सय ७६ फोटा छान्नुभएको थियो।

निर्णायक चरणबाट छानिएका १ सय ७६ उत्कृष्ट फोटा प्रदर्शनी यही फागुन १८ देखि २३ गतेसम्म नेपाल कला परिषद्मा एक हप्ता प्रदर्शनीमा रहने आयोजकले जनाएको छ।

काठमाडौंपछि, विराटनगर, पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिने कार्यक्रम छ। ‘आइएमई–ग्वोबल–आइएमई बैंक फोटो अफ द इयर’ विजेताले नगद १ लाख रुपियाँ पुरस्कार पाउनेछन्। प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपियाँ पाउनेछन्।

निर्णायक मण्डलका अध्यक्ष जोअल सामदले नेपाल फोटो प्रतियोगिताको निर्णायक मण्डलमा रहन पाउँदा आपूm उत्साहित भएको बताउनुभयो। ‘जिजिङ गर्न सजिलो हँुदैन तर हाम्रो प्यानलले दुई दिन लगाएर पाँच हजारभन्दा बढी तस्वीरबाट फोटो अफ द इयर विजेतासहित १ सय ७६ उत्कृष्ट छानेका छौँ’, वरिष्ठ फोटोग्राफर मणि लामाले भन्नुभयो– ‘तर फोटो स्टोरीमा चाहिँ नेपाली फोटोग्राफरहरू अझै सुधार गर्नुपर्ने देखिन्छ।”’

यसैगरी, रमयता लिम्बूले भन्नुभयो– ‘केही विधाहरू एकदम राम्रा छन् केहीमा अझै क्वालिटीमा सुधार गर्नुपर्ने देखिन्छ। नेपाली फोटोेग्राफीमा आएको रौनकता देख्दा खुसी लागेको छ।’