प्रअले गोजीका मानिसलाई राखेर व्यवस्थापन समिति गठन गरेको भन्दै आन्दोलन


सुभेन्द्र दास, लहान ।

सिरहाको सुखिपुर ४ स्थित श्री जनता चेथरु जीतन माध्यमिक विद्यालय कविलासीको विद्यालय व्यवस्थापन समिति अवैद्य रहेको स्थानीयले ठहर गरेको छ । विद्यालयका प्रधानाध्यापक सोनफी यादवले गोजीका मानिसलाई राखेर व्यवस्थापन समिति गठन गरेको स्थानीय नेपाली काँग्रेस, राष्टिय जनता पार्टी नेपाल, समाजवादी पार्टीका प्रतिनिधिहरुले आरोप लगाएका छन् ।

स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले अभिभावक भेला तथा नियम ऐनसंगत व्यवस्थापन समिति गठन गर्न माग गर्दै आन्दोलित भएका हुन् । व्यवस्थापन समिति नियम ऐनसँगत गठन गर्न स्थानीयले चरणबद्ध आन्दोलनको घोषणा गरेको राजपाका रामरिझन यादवले बताए । आन्दोलन संघर्ष समिति सुखिपुरले माघ २७ गते एक घण्टा धर्ना, माघ २८ गते २ घण्टा धर्ना, माघ २९ गते ३ घण्टा धर्ना, फागुन १ गते ४ घण्टा धर्ना र फागुन २ गते धर्नागरी दोस्रो चरणको आन्दोलन गर्ने तयारी गरेको छ ।

दोस्रो चरणको आन्दोलन फागुन ३ गते बस्ने संघर्ष समितिको बैठकबाट तय गर्ने राजनीतिक दलका प्रतिनिधिहरुले बताए । विद्यालयका प्रअ यादवले छात्रवृति, कम्प्युटर, डेक्सबेन्च र भौतिक निर्माण कार्यमा अनियमिता गरेको स्थानीयको आरोप छ । ६ वर्षदेखि विद्यालयको हरहिसाब सार्वजनिक नगरेको र प्रअ सोनफी नियमित विद्यालय नआएको , दश दिन पन्द्र दिनको हाजिरी प्रअले एकै दिन गर्ने गरेको स्थानीयको आरोप छ । यता प्रधानाध्यापकले आफू नगर शिक्षा ऐन अनुसार व्यवस्थापन समिति चयन गरेको दावी गरे