अवैध लागूऔषध सहित पक्राउ


न्युज अफ नेपाल, काठमाडौं ।

चन्द्रागिरी नगरपालिका–१० स्थित हिरा ईँटा उद्योग क्षेत्रबाट करिब ४ किलो ५ सय ५० ग्राम अवैध लागूऔषध चरेश सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गजुरी गाउँपालिका–५ घर भएका ४२ वर्षीय ईश्वर मगर र २२ वर्षीय भक्त मगर रहेका छन् ।

महागरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्नेक्रममा झोलामा लुकाईछिपाई राखेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, चन्द्रागिरी नगरपालिका–१२ गुर्जुधाराबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ९७ ट्याब्लेट, डाईजेपाम २ एम्पुल र बुप्रेनर्फिन २ एम्पुल सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–५ किसिपिडि बस्ने ३६ वर्षीय महेन्द्र महर्जन, काठमाडौं महानगरपालिका–१९ बस्ने २० वर्षीय अमित खत्री र मकवानपुर थाहा नगरपालिका–१२ घर भएका २८ वर्षीय सुरज लामा रहेका छन् । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको नियन्त्रित लागूऔषधसहित उनीहरूलाई फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।