अवैध लागूऔषध सहित पाँच पक्राउ


न्युज अफ नेपाल, काठमाडौं ।

अवैध लागूऔषध सहित विभिन्न स्थालबाट पाँच जना पक्राउ परेका छन् ।

मोरङको बिराटनगर महानगरपालिका–१४ डेरा गरी बस्ने २६ वर्षीय दिपक सहनी, ४२ वर्षीय राम यादब र सोही महानगरपालिका–१७ बस्ने ५५ वर्षीय मोहमद मुस्तफिर मियालाई अवैध लागूऔषध चरेश करिब १ सय ग्राम सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तैगरी, उदयपुरको रौतामाई गाउँपालिका–७ खानीटारबाट अवैध लागूऔषध गाँजा ५ सय ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका–११ बस्ने २० वर्षीय सन्तोष बुढाथोकी र १८ वर्षीय सचिन बुढाथोकी रहेका छन् ।

प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरीले भुटारबाट गाईघाटतर्फ जाँदै गरेको ना ५ ख १०५१ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएकाे छ ।