कोरोना भाइरसबाट बच्न अभियान संचालन


कृष्णउदास खनाल, वीरगन्ज ।

कोरोना भाइरस विरुद्ध वीरगन्जमा सावधानी अपनाउन आह्वान गर्दै जन चेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । नेपाल महिला मैत्री बिकास केन्द्र वीरगन्जकी अध्यक्ष मालती कुशवहाको अध्यक्षता एवं पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

“कोरोना भाइरसबाट बचौं र बचाऔं” कोरोना भाइरसबाट जोगिन ‘मास्क’ र ‘नमस्ते’ मुल नाराको साथ भएको कार्यक्रममा नोबेल करोना भाइरसबाट बच्ने उपायबारे जानकारी गराउनुको साथै यात्रु एवं उपस्थित सम्पुर्णलाई माक्स वितरण गरिएको थियो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पर्साका कमेश्वर चौरसिया, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निर्मल पनेरू, ट्राफिक प्रहरी पर्साका कमलराज पंडित, सचितानन्द गिरी, दिनेश यादवलगयतको सहभागिता रहेको थियोे भने कार्यक्रमको संचालन शिवकुमार साहले गरेका थिए ।

कोरोना भाइरसको संक्रमण नेपालमा हाल नदेखिएपछि सावधानी अपनाउन भने आवश्यक रहेको उक्त अवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभएको छ ।