सिरहाको लक्ष्मीपुर गाउँपालिकामा कोरोना भाइरस विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न


सुभेन्द्र दास, लहान ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय महेशपुर पतारीद्धारा आयोजित कोरोनाभाइरस विरुद्ध एक दिने प्रहरी विद्यालय साझेदारी कार्यक्रम सम्पन्न भएको छ ।

लक्ष्मीपुर पतारी गाउँपालिकाका–२ स्थित श्री जनता डोमी चौधरी मावि पोखरभिण्डाका प्रमुख पशुपति साहको प्रमुख आतिथ्यतामा श्री जनता डोमी चौधरी मावि पोखरभिण्डामा नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम अनुसार नोबेल कोरोनाभाइरस सम्बन्धी जनचेतनामूलक एक दिने प्रहरी विद्यालय साझेदारी कार्यक्रम संचालन गरी सोही विद्यालयका शिक्षक, छात्र, छात्रा समेतको उपस्थितिमा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय महेशपुर पतारीका प्रमुख प्रहरी निरीक्षक अरविन्द कुमार साहले कोरोनाभाइरस विरुद्धमा जानकारीमूलक मन्तव्य राखेका थिए । कार्यक्रममा कोरोना भाइरस विरुद्ध सम्बन्धी पर्चा समेत वितरण गरिएको थियो ।

स्थानीय सञ्चारकर्मीहरू, सामुदायिक प्रहरीका अध्यक्ष तथा सचिव लगायत सोही विद्यालयका शिक्षक, छात्र, छात्राहरुको उपस्थिति रहेको थियो ।