एउटै बजारमा दुईवटा महोत्सव


अमृत अर्याल, स्याङ्जा ।

गल्याङ बजार जिल्लाको तेस्रो व्यापारीक केन्द्रको रुपमा परिचित बजार हो । यो बजार यतीबेला मेला—महोत्सवले आर्थिक रुपमा धारासायी हुने होकी भन्ने चिन्तामा छ । गल्याङ नगरपालिकाले दुई उद्योगी व्यवसायीको संस्थालाई समन्वय नगरीदिदा एकै महिनाको अन्तरालमा दुई महोत्सव हुदैछन् ।

उद्योग वाणिज्य संघ गठन भएपछि गल्याङ् उद्योग वाणिज्य संघले हरेक बर्ष महोत्सव गर्दै आएकोमा भर्खर मात्रै गठन भएको गल्याङ् चेम्वर अफ कमर्सले पनि महोत्सव गरीरहेको छ । उदेश्य एउटै बोकेका संस्थाले फरक—फरक तवरले महोत्सव आयोजना गर्दा गल्याङ् बजार र आसपासका क्षेत्र आर्थिक रुपमा धारासायी हुने भन्दै व्यवसायीहरु चिन्तित् देखिएका छन् । संघिय संरचनामा मुलुक गएपछि तिन तहको सरकार निमार्ण सगै स्थानीय स्तरमा हुने मेला—महोत्सवको स्विकृती स्थानीय सरकार सगँ लिनुपर्ने व्यवस्था रहेको बताइएको छ ।

कुनै बेला स्याङ्जामा एउटा, दुईटा मेला—महोत्सव हुदै आएपनि पछिल्लो समय भने टोलै पिच्छे जस्तो गरी मेला महोत्सव हुदै आएका छन् । २०७६ सालमा स्याङ्जामा करिव एक दर्जन मेला महोत्सव संचालन हुने अनुमान गरिएको छ । अहिले सम्म जिल्लाका विभिन्न क्षेत्रमा भएका मेला महोत्सवले स्थानीय स्तरमा कुनै फाईदा भएको पाइएको छैन । मेला—महोत्सवले स्थानीय स्तरमा फाईदा भन्दा पनि यहाँको अर्थ बाहिरीएको देखिन्छ ।

यसरी एकै महिनाको अन्तरालमा दुई महोत्सवको आयोजना गर्न स्विकृति दिने स्थानीय तहसगँ समेत स्थानीय व्यवसायी असन्तुष्ट देखिएका छन् । गल्याङ नगरपालिकाले समन्वय गरेर एउटा मात्रै महोत्सव आयोजना गर्न स्विकृति दिनुपर्ने थियो तर यसमा नगरपालिकाले सहजीकरण गर्न नसकेको गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रसाद अर्यालले बताउनुभयो ।

नयाँ कार्यसमिति आएपछि उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्ने भनेर स्थानीय सरकारबाट स्विकृति लिनलाई निवेदन दियौ अर्यालले भन्नुभयो,“स्थानीय सरकारले भर्खर गठन भएको संस्थालाई अगाडी र हामीलाई पछाडी गर्ने अनुमति दियो ।” स्थानीय तह नै विभिन्न संघसंस्थालाई महोत्सव गर्न र गराउन उद्यत रहेको अर्यालले बताउनुभयो ।

गल्याङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवबाट बचेको रकमले बजारमा सिसि क्यामेरा जडान र प्रतिक्षालय बनाएको दावी अर्यालको छ । उद्योग वाणिज्य संघले चैत्रको २१ गते देखि २ गते सम्म तेस्रो गल्याङ् महोत्सव गर्दै छ भने गल्याङ् चेम्वरको आयोजनामा माघ १६ देखि २६ गते सम्म प्रथम गल्याङ् कृषि नगर महोत्सव संचालन भैरहेको छ । चेम्वरले भने आफूहरुको कृषि महोत्सव भएको दावी गरेको छ ।

स्थानीय उत्पादन भन्दा पनि बाहिरी सामाग्रीले प्रथामिकता पाउने भएपछि ठुलो धनराशी बाहिरीने सम्भावना धेरै छ । दुई ओटा महोत्सवले गल्याङ् बजारका व्यवसायी ठुलो मर्कामा पर्ने अवस्था सिर्जना भएको छ । उद्योग वाणिज्य संघले भने व्यवसायीको परामर्स पछि मात्रै महोत्सव संचालन गर्ने जनाएको छ ।

चेम्वर भने व्यवसायी सगँ कुनै परामर्स नगरी महोत्सव गर्दैछ । आफु खुशी र आफ्ना निकटका व्याक्ति हेरेर स्विकृति दिने स्थानीय तहका जनप्रतिनिधिको यस्तो प्रचलनले आर्थिक संकट ल्याउन सक्ने अनुमान गरिएको छ । अहिले सम्म स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले छैटौ महोत्सव सम्पन्न गरेको छ भने सुन्तलावारी होमस्टेले पनि महोत्सव सम्पन्न गरिसकेको छ ।

वालिङमा वण्डफुल वालिङले पर्यटन मेला सम्पन्न गरेको छ । फागुन १ गतेदेखि भीरकोट उद्योग वाणिज्य संघले महोत्सवको तयारी तिब्र पारेको छ । मेला—महोत्सवले स्थानीय स्तरमा हुने फाईदा र बेफाईदा हेरेर मात्रै आयोजना गर्न स्थानीय तहले सुझाउनु पर्ने आवश्यकता देखिन्छ ।

यो बर्ष मात्रै करोडौ रकम बाहिरीने अवस्था जिल्लामा देखिएको छ । जिल्लाको रकम जिल्ला भित्रै खर्च गर्ने परिपाटी बसाल्न सकियो भने मात्रै स्थानीयको आर्थिक स्तर उकास्न सकिने सरोकारवालाको भनाई छ ।