यूवाहरु सामाजिक कार्यमा जुट्दै



अमृत अर्याल, स्याङ्जा ।

पुतलीबजार नगरपालिका ११ का युवाहरु सामाजिक कामका लागि एकजुट हुन थालेका छन् । जिल्लाकै नमुना वडा बनाउन यहाँका यूवाहरु एकजुट हुन थालेका हुन् । करेण्डाडा जैसीडाडा सामाजिक सेवा समाज नामक संस्था स्थापना गरेर युवाहरु वडालाई सामाजिक, आर्थिक र भौतिक रुपले सम्पन्न बनाउन लागेका छन् ।

संस्था मार्फत युवाहरुलाई गोलबद्ध गर्दै आफ्नो वडालाई नमुना सगै जिल्लालाई नै नमुना बनाउने अभियानमा लागेको संस्थाका अध्यक्ष ईश्वर बन्धु अर्यालले बताउनुभयो । पहिला आफु अनि समाजलाई बनाउनु पर्छ भन्ने हाम्रो अभियान हो अध्यक्ष अर्यालले भन्नुभयो,“युवालाई विग्रन दिनुभन्दा युवाले समाज बनाउनुपर्छ भन्ने उदेश्य हाम्रो हो ।” बेरोजगारका कारण युवाहरुको बिग्रदो अवस्था देखेर संस्था मार्फत युवालाई गोलबद्ध गरेर सामाजिक कार्यमा लगाउन थालेको अर्यालले बताउनुभयो ।

सानातिना विकासका लागि पनि सरकारी निकाय धाउन पर्ने झन्झटलाई ध्यानमा राखेर कोष खडा गर्ने अभियानमा जुटेको उहाँले बताउनुभयो । पहिलो प्रथामिकताका लागि वडामा एउटा एम्वुलेन्स संचालन गर्ने अभियानमा जुटेको अर्यालले बताउनुभयो ।

जिल्लाभरी कार्यक्षेत्र रहेको समाजिक संस्थाले लागुऔषध, जुवातासको न्युनिकरण अभियान सगै टोल सरसफाई, विभिन्न समाजिक सुधारका तालिमहरु प्रदान गर्ने उदेश्य राखेको छ । १३ जना कार्य समिति रहेको संस्थाको उपाध्यक्षमा विशाल बावु पराजुली, सचिव भुपेन्द्रराज क्षेत्री, सह—सचिव रामकृष्ण सापकोटा, कोषाध्यक्ष अजय अर्याल रहेका छन् ।

सदस्यहरुमा अर्जुन अर्याल, सिर्जना थापा, सुर्य केसी, उपेन्द्र अर्याल, दिनेश अर्याल, किशोर अर्याल र शंकरकान्त अर्याल रहेका छन् । सुधन अर्याल, अर्जुनबन्धु अर्याल र अमर बहादुर पराजुलीलाई संस्थाको संरक्षकमा मनोनयन गरेको संस्थाले जनाएको छ । आर्थिक पार्दशिताका लागि संस्थाले तिन सदस्य लेखा समिति समेत मनोनयन गरेको छ । शिव अर्यालको संयोजकत्वमा लेखा समिति गठन गरेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्