भोजपुरी अभिनेता दिनेशलाल र अभिनेत्री आम्रपाली नेपाल आउने


काठमाडौँ ।

भारतीय भोजपुरी क्षेत्रका सुपरस्टार अभिनेता दिनेशलाल यादव निरहुआ र अभिनेत्री आम्रपाली दुबे लगायतका कलाकार नेपाल आउने भएका छन्।

रौतहटको मौलापुर क्षेत्रमा १ हजार २ सय वर्ष पुरानो मन्दिर फेला परेको अवसरमा आयोजना हुन लागेको ‘मधानी महायज्ञ’मा सहभागी हुन निरहुआ र दुबे नेपाल आउन लागेका हुन ।

१ हजार २ सय वर्ष पुरानो पुरातात्विक महादेव मन्दिर भेटिएपछि महादेवको विशेष अनुष्ठानका लागि मन्दिर परिसरमै महायज्ञको आयोजना गरिएको हो। यो उत्सव फागुन ४, ५ र ६ गते गरी तीन दिनको चल्ने बताइएको छ। यस अवसरमा सुन्दर देशको शहर मालापुर भ्रमण गर्न र माधनी महायज्ञमा भाग लिन सबैमा आग्रह समेत गरिएको छ।
नेपालले भ्रमण वर्ष २०२० मा नेपाल घुम्नका लागि विश्वभरका नागरिकहरु आतुर रहेको र सोही अवसरमा पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको हो।
यी दुई सुपरस्टारका साथमा गायिका इन्दु सोनाली पनि रहनेछिन् भने सो टोलीमा नेपालका सेलिना कुँवर, सन्तोष राज, केकी अधिकारी, विजय यादव, सुनिल पण्डित, अर्जुन बिसी, सरिता साह, सचना शिवाकोटी लगायतका कलाकार सहभागी हुने बताइएको छ। सो कार्यक्रम १८ फेब्रुअरी अर्थात फागुन ६ गते आयोजना हुने जनाइएको छ।
उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी समेत सहभागिता रहने जनाइएको छ।