हलिउडकी चर्चित स्टार पामेलाको पाँचौं विवाह १२ दिनमै डिभोर्स


काठमाडौँ । हलिउडकी चर्चित स्टार पामेला एन्डरसनले बिहे गरेको १२ दिनमै डिभोर्स गरेकी छिन्। गत जनवरी १९ तारिखमा धुमधाम विवाह गरेका पामेला र निर्माता जोन पिटर्स १२ दिनपछि छुट्टिने निर्णय गरेका हुन्।

तर विवाहको १२ दिनपछि पामेला र जोन अलग्गिए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुका अनुसार पूर्व ‘बेवाच’ स्टार अर्थात् पामेला ब्रेक लिन चाहन्थिन् त्यसकारण उनले जोन पिटर्ससँग १२ दिनअघि भएको विवाह तोडेकी हुन् । जोन र उनका यूनियनका मानिसहरुबाट उनीहरुले जुन प्रेम पाइन्, त्यसमा आफू निकै खुसी भएको पामेलाले बताइन्।

स्मरण रहोस् जोन पिटर्सअघि पामेला एन्डरसनले चार वटा विवाह गरिसकेकी छिन् । ५२ वर्षीया पामेलाले पहिलो विवाह अमेरिकी संगीतकर्मी टोमी लीसँग गरेकी थिइन् । विवाहको तीन वर्ष पछि नै यी दुई अलग्गिए।

त्यसपछि पामेलाले किड रकसँग विवाह गरिन्। रकसँग विवाह टुटेपछि उनले फिल्म निर्माता रिक सोलोमनसँग विवाह गरिन्। पछि उनको सोलोमनसँग पनि सम्बन्धविच्छेद भयो ।
कुनै जमानाका हेयरड्रेसर जोनसँग उक्त विवाह निजी समारोहबीच आयोजना गरिएको थियो। रोचक कुरा के छ भने पामेलाको यो पाँचौं विवाह थियो।
एजेन्सी