नेविसंघद्वारा विभिन्न माग राख्दै रिले अनसन


न्युज अफ नेपाल, पोखरा ।

कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) विभिन्न माग राख्दै रिले अनसन सुरु गरेको छ। सङ्गठनको जित भन्दा विद्यार्थीको हक र हित चाहँदै न भोक न प्यास रातभर पश्चिमाञ्चल क्याम्पस प्रशासनको चिसो सिँढिमा गोविन्द अर्याल, विनोद पाण्डे, भरत जैशी र नितेश रिसाल अनसन बसेका हुन।

इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसको लाचार प्रशासन विरुद्द, ईन्जीनियरिङ प्रोजेक्टहरुलाई सुरक्षीत राख्नका निमित्त प्रोजेक्ट ल्याबको स्थापना, गर्लस होस्टेलमा सेनेटरी प्याड सहितको भेन्डिङ मेसिनको ब्यबस्था, खानेपानीको शुद्धिकरण लगाएत विभिन्न माग सहित रिले अनसन सुरु गरेको बताएका छन्।

विहानको चिसो सिरेटो, शीत सहेर पनि विधार्थीको माग पूरा गर्न नेबिसङ्घका विद्यार्थी  लागिपरेको कुरा अनसरत गोविन्द अर्यालले बताएका छन्।

यो माग नेबिसङ्घको मात्र नभई सम्पुर्ण पश्चिमाञ्चल क्याम्पसमा अध्ययनरत विद्यार्थीको भएको हुनाले मागहरुको उचित सम्बोधन नभएसम्म रिले अनसन जारी रहने र आवश्यक परेमा आमरण अनसनमा समेत जानसक्ने चेतावनी नितेश रिसालले दिनु भयो।