अमेरिकी विदेश मन्त्री नेपालमा


न्युज अफ नेपाल, काठमाडौं।

अमेरिकी उप सहायक विदेश मन्त्री जोनाथन हेनिक नेपाल आएका छन् । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन लागू गर्ने तयारी भइरहेका बेला उनको भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ । उनले नेपालमा को–कोसँग भेटवार्ता गर्नेछन् भन्ने खुलासा भइसकेको छैन ।

यद्यपि पछिल्लो समय एमसीसी कार्यान्वयनका विषयमा भइरहेको मत विभाजनलाई हेर्दा उनको भ्रमण एमसीसी कार्यान्वयनका लागि वातावरण बनाउनेतर्फ केन्द्रित हुने अनुमान गरिएको छ ।