न्युज अफ नेपाल, झापा ।
झापाको बिर्तामोड नगरपालिका– २ चारपाने नजिकै खेतमा मंगलबार एक व्यक्तिको शव फेला जलेको अवस्थामा फेला परेकाे छ । जलेको अवस्थामा फेला परेपछि प्रहरीले सोधपुछका लागि तीनजनालाई नियन्त्रणमा लिएको छ ।
चारपाने निवासी रहमान शेखका ज्वाइँ हराएको र नजिकै खेतमा पुरुषको शव जलेको अवस्थामा फेला परेपछि रहमानसहित उनकी श्रीमती र छोरी सुषमालाई इलाका प्रहरी कार्यालय अनारमनीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।
सुषमाका श्रीमान् हराउनु र परालमा जलेको अवस्थामा शव भेटिएको सन्दर्भमा उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ ।
प्रहरीकाहनुसार जलेका व्यक्तिको हुलिया खुल्न नसकेर थप अनुसन्धानका लागि सङ्घीय एकाइ प्रहरी कार्यालय धरानबाट तालीम प्राप्त कुकुर झिकाएर अहिले अनुसन्धान भइरहेको जनाइएकाे छ । स्थानीय ऐनकुमार राजवंशीको खेतमा राखेको परालमा सोमबार राति १२ बजेदेखि आगो लागेको थियो ।
सोही ठाउँमा जलेको अवस्थामा शव भेटिएको र घटनाको विषयमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकाे छ ।
प्रतिक्रिया