चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको योग्यता माथि संसदमा प्रश्न


न्युज अफ नेपाल, काठमाडौँ ।

प्रमुख प्रतिपक्षदल नेपाली काग्रेसको सांसद डा. डिला संग्रौलाले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त डा. श्रीकृष्ण गिरीको योग्यताको विषयमा प्रश्न उठाउदैसत्य तथा छानविन गर्न माग गनुृभएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद संग्रौलाले नेपालका निजी मेडिकल कलेजले बढी शुल्क लिएको भन्दै फिर्ता गराउने बारेमा पनि संसदको ध्यानाकर्षण गराउनु भएको छ ।

निजी मेडिकल कलेजले धेरै शुल्क लिएको बारे पटकपटक आवाज उठ्दै आएको छ डा. संग्रौलाले भन्नुभयो–विद्यार्थीका अभिभावक, कलेज सञ्चालक र सरकारबीच कलेजले लिएको बढी शुल्क फिर्ता गर्ने सहमति भएको थियो ।

तर, सहमति विपरित कलेजहरुले बढी शुल्क लिइरहेका समाचार आईरहेका छन् भन्दै उहाले सरकारले आफूसँग भएको सहमति कार्यान्वय भयो कि भएन संसदलाई जानकारी गराउन सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।